Advertisement
☰

भरुवा बन्दुकसहित मोरङबाट एक जना पक्राउ

न्युजडेस्क
२०७८ आश्विन १, शुक्रबार १९:३५

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ घरमा लुकाएर राखेको अवस्थामा दुईवटा बन्दुक भेटिएपछि ४३ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

पक्राउ परेका लिम्बूमाथि शुक्रबार म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर