जनकपुरधाम । महोत्तरीका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति महोत्तरी शाखाले १ थान स्यालो ट्युबवेल वितरण गरेको छ ।
सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७६÷७७ मा ५ ओटा ट्युबवेल वितरण गरिएको भूमिगत जलस्रोत विकास समिति महोत्तरीले जानकारी दिए।
आव २०७६÷७७ मा महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा न. ६ का दिपेन्द्र ठाकुरलाई १ थान डिप ट्युबवेल पुर्व आन्तरिक मामिला कानुन तथा राज्य मन्त्री सरोज सिंह कुशवाहाले आफ्नो हातवाट वितरण गरिएको छ ।
महोत्तरीमा वितरण गरिएको स्यालो ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको रबिन्द्र कुशवाहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्