एजेन्सी । स्पेनिस् ला लिगामा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग १-१ को बराबरीमा रोकिएको हो ।
अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलमा सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो ।
खेलको दोस्रो मिनेटमै डोमिङओस डुआर्टीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाएका थिए । उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए ।
खेलको ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्