काठमाडौं । गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् । गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।
अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।
प्रतिक्रिया दिनुहोस्