काठमाडौं माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ ।
५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्