• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

५० प्रतिशत छुट दिँदै पोखरामा आन्तरिक पर्यटकलाई निम्तो

२०७७ पुष ८, बुधबार ०५:३५

पोखरा । पर्यटकीय नगरी पोखरामा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोभिड–१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल होटल सङ्घले ५० प्रतिशत छुटको व्यवस्था गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘पर्यटकीय मौसममा अहिले करोडौँका लगानी भएका होटल खाली छन् अब कोभिड–१९ सँगसँगै विकल्पको खोजी जरुरी छ । हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’

अध्यक्ष तुलाचनले स्वास्थ्य मापदण्ड पूरा गरेर होटल खोलिएको पनि जानकारी दिए । उनले होकटल संघले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो ठाउँका पर्यटन व्यवसायी, सरोकारवाला एवं सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको जानकारी दिए ।

‘अहिलेको एकमात्र विकल्प भनेको आन्तरिक पर्यटन प्रवर्द्धन नै हो, उहाँहरु पनि सहकार्य र समन्वय गरेर अघि बढ्न तयार हुनुहुन्छ’ उनले भने । आन्तरिक पर्यटनका लागि पनि सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत जोड्नसके आन्तरिक पर्यटकको गतिविधि बढ्ने उनको विश्वास छ ।

तुलाचनका अनुसार पोखरामा ७०० पर्यटकस्तरका होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् । होटलमा एक रातको रु एक हजार ५०० देखि २० हजारसम्मका कोठा रहेका छन् । होटल क्षेत्रमा एक खर्ब २५ अर्बको लगानी रहेको छ भने प्रत्यक्ष १५ हजार रोजगार र अप्रत्यक्ष तीन हजारभन्दा बढीले रोजगार पाएका छन् ।

कोभिड–१९ को कारण पर्यटन व्यवसायबाट केही पुराना व्यवसायी विस्थापित हुँदै सो ठाउँमा पुनः नयाँ व्यवसायीको पनि आगमन हुन थालेको उनले बताए । पर्यटनलाई चलायमान बनाउन यहाँस्थित अन्य पर्यटन व्यवसायी संस्थाले समेत अन्तर जिल्ला भ्रमण गरेका छन् ।

पर्यटन चलायमानका लागि सहकार्य खोज्दै नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) तनहुँ, गोरखा र नेपाल पर्यटक यातायात व्यवसायी (एनटिभीए) ले हालै पाल्पा, नवलपरासी, तनहुँका विभिन्न धार्मिक र ती क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालासँग अन्तर्क्रिया गरेर फर्किसकेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायी स्वयं जुर्मुराएर अघि बढ्न खोजेको अवस्थामा राज्यले थप सहजीकरण गरेर व्यवसायीलाई राहत दिनुपर्ने बताए ।

‘अहिले सुस्ताएको पर्यटनलाई गति दिन पर्यटन व्यवसायीले विभिन्न सहुलियत प्याकेज अघि सारेका छन् अब राज्यले थप सहजीकरण गरिदिनुपर्छ’ भट्टराईले भने, ‘अहिले बैंकले दिने पुनर्कर्जा केही व्यवसायीले पाए पनि झञ्झटिलो प्रक्रियाले धेरै व्यवसायीले पुनर्कर्जा लिनबाट वञ्चित छन्, यसको लागि व्यवस्थित र सरलीकरण गर्नसके व्यवसाय पुनः सञ्चालनमा व्यवसायीलाई सहज हुने थियो ।’

राज्यले व्यवसाय सञ्चालन कोषमा छुट्याएको ५० अर्ब रुपैयाँलाई अबिलम्व कार्यान्वयन गरेर व्यवसायीलाई जीवन्त राख्न पहल गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us