Advertisement
☰

हंसपुरको आठौं नगरसभा सम्पन्न

न्युजडेस्क
२०७८ असार ६, आईतवार ०७:२३

धनुषा जिल्लाको हंसपुर नगरपालिकाको आठौं नगरसभा प्रमुख अतिथि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छन् ।

हंसपुर नगरपालिका-७ नौवाखोइरस्थित कोभिड-१९ अस्थायी अस्पतालको प्राङ्गणमा गरेको आयोजना गर्नु भएको थियो । उक्त सभा अध्यक्षतामा तथा नगरसभामा नगर प्रमुख रामज्ञान मण्डलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नगरप्रमुख मण्डलले स्वास्थ्य, शिक्षा, कृषि र भोतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले भनेअनुसार एकल महिलालाई पूर्ण अनुदानमा गाई, भैंसी, बाख्रा वितरण गरिनेछ । यस्तै दुध चिस्यान केन्द्रको स्थापना गरिनेछ ।

हंसपुर नगरपालिकाको आठौं नगरसभाबाट नगर उपप्रमुख रेणु झाले आ. व. २०७८/२०७९ जम्मा ६२ करोड ८० लाख ५६ हजार रुपैयाँको बजेट विनियोजन गरेकी छन् । कुल विनियोजित मध्ये रु. ४४ करोड ५ लाख ८१ हजार अर्थात ७०.१५ प्रतिशत पुजीगत र १८ करोड ७४ लाख ७५ हजार अर्थात २९.८५ प्रतिशत चालू खर्चमा विनियोजन गरेको थिइन् ।

त्यस्तै विनियोजित बजेटमा पुर्वाधार बिकासमा रु. ३५ करोड ६१ लाख ३५ हजार, वातावरण तथा बिपद व्यवस्थापनमा रु. ५ करोड र कार्यालय संचालन तथा प्रशासनिक खर्चको लागि रु. ८ करोड २ लाख ६४ हजार रकम विनियोजन गरेको छन् ।

हंसपुर नगरपालिकाका आठाैं नगरसभामा विशिष्ट अतिथि माननीय प्रमेश्वर साह ज्यू, माननीय रामचन्द्र मण्डल, जसपा नेपाल केन्द्रिय सदस्य सुरेन्द्र मण्डल, रमन सिंह, इजरायल रिजिबी, संजय चौधरी पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, समाजवादी युवा संघ जिल्ला अध्यक्ष दिपेन्द्र कापर विद्यार्थी जिल्ला सचिव बलिराम कापरी नगर अध्यक्ष लालबाबु यादव लगायत हंसपुर नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु तथा माओवादी केन्द्र नेता सुनिल यादव तथा नगरका विभिन्न पार्टी प्रतिनिधिहरु, पालिका शाखाका प्रमुख तथा कर्मचारीहरू,पत्रकारहरु तथा बुद्धिजिविहरुको उपस्थितिमा सभ्य र भव्य रुपले सु-सम्पन्न गरेको छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर