Advertisement

राष्ट्रिय जनता दल जसपामा समाहित पिछड़ा वर्ग महासंघ अब जसपाको भातृ संगठन

न्युजडेस्क
२०७८ मंसिर १७, शुक्रबार १९:१९

जनकपुरधाम, मंसिर १७ । राष्ट्रिय जनता दल नेपाल जनता समाजवादी पार्टीमा समाहित भएको छ ।

पिछ्डा बर्ग महासंघद्वारा आज जनकपुरधाम मा आयोजित पार्टि एकिकरण तथा भातृ संगठन घोषणा कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र राजद एवं पिछड़ा वर्गका अध्यक्ष भरत महतो ले संयुक्त रुपमा राष्ट्रिय जनता दल जसपामा समाहित भएको तथा पिछ्डा वर्ग महासंघ
जसपाको भातृ संगठन भएको घोषणा गर्नु भयो ।
कार्यक्रम का प्रमुख अतिथि जसपा अध्यक्ष यादवले राज्यको विभेदपूर्ण नितिका कारण दलित, आदिवासी जनजाती महिला मुस्लिम सहितका पछि पारिएका समुदाय राज्यको मुल प्रवाहमा आउन नसकेको बताउनु भयो ।

उहाँले मुलुकमा विभिन्न राजनीतिक परिवर्तन हरु भए पनि राज्यको सत्ता र शक्तिमा परिवर्तन हुन नसकेका कारण सर्व साधारण ले संघीय लोकतान्त्रिक गणतन्त्र को अनुभूति गर्न नसकेको उल्लेख गर्नु भयो ।

नेपाल को संविधान मै रहेको त्रुटीका कारण यस्ता समस्याहरू जन्मीएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधान को त्रृटी हरु सच्च्याउदै सत्ता र शक्तिमा सबै जाती समुदायको सामर्थ्यअनुरुपको पहुँचका लागी जसपाले सडक, संसद र सरकार तिन वटै स्थान बाट एक साथ आवाज उठाई रहेको बताउनु भयो ।
भरत महतो को अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय संसद् एवं प्रदेश अध्यक्ष राम बाबु यादव, सांसद प्रमोद साह, डा. सूर्य, नारायण यादव, केन्द्रिय सदस्य डा राम स्वार्थ राय सहितका वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर