Advertisement

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

न्युजडेस्क
२०७८ पुष ९, शुक्रबार ०९:११

जनकपुरधाम, पुष ९ गते । नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।

नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्ण प्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो ।

राति ११ बजेदेखि भएको मतगणनामा विजेता कृष्णले ९ सय ९६ मत पाएका छन भने रामसरोजले ८ सय ५५ मत पाएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार बिहान ९बजेर ३६ मिनेटबाट राति ८ बजेसम्म मतदान भएको थियो ।
मतदानमा १९ सय ५१ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो । बदर मत संख्या ३० रहेको छ । अन्य पदको मतगणना बाँकी छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर