Advertisement
☰

जसपा पार्टीको कमला नपा ७ जागीर टोलको अध्यक्षमा किशुन सादा

न्युजडेस्क
२०७८ माघ २१, शुक्रबार १६:४४

जनकपुरधाम, माघ २१ गते। जनता समाजवादी पार्टी कमला नगरपालिका वडा नं ७ जागीर टोलको अध्यक्षमा किसुन सदा चयन भएको छ।

स्थानीय रामकुमार साहको अध्यक्षतामा भएको भेलाबाट ९ सदस्य समिति गठन भएको हो।

भेलाका प्रमुख अतिथिको आसिनबाट बोल्दै जसपाका केन्द्रिय सदस्य अरुण सिंह मण्डलले ‌मधेशी, दलित, पिछडावर्ग र आदिवासी जनजातिको हकअधिकारका लागि संघर्ष गर्ने एकमात्र पार्टी जसपा रहेको कुरा, बताउनु भयो।

कार्यक्रममा प्रदेश कमिटी सदस्य खडानन्द यादव, अभ्रेन मण्डल, रामबृक्ष महतो, सहितका वक्ताहरुले पार्टीका नीति सिद्धान्त र विचारको धारा बारेमा ब्याख्या जानकारी गराएका थिए।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले लगाईत विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दाबढी जसपा पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई अबिर गमछा लगाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर