Advertisement

१५ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मशहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

न्युजडेस्क
२०७९ जेष्ठ १५, आईतवार १६:४८

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५

आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी , उपाध्यक्ष शैक जैस मक्की, माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, नेेेेकपा माओबादी केन्द्र कृष्णनगर नगरपालिका नगर अध्यक्ष जावेद आलम खां लेे १५ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । साथै मौलाना मसहूद खां नेपाली ले १५ औं गणतन्त्र दिवसको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे। एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास व्यक्त गर्दै विपन्न, अल्पसंख्यक लगायत अन्य ले गणतंत्र पूर्ण रुपमा अनुभुति नपाएको गुनासो पोखेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर