Advertisement

पल शाह प्रकरण : अभिनेता थुनामै रहने

न्युजडेस्क
२०७९ जेष्ठ २०, शुक्रबार १०:५९

काठमाडौं । उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोप लागेका मोडल एवं अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।विहीबार (आज) बहसपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र उज्ज्वल शुक्लको संयुक्त इजलासले तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो ।

अभिनेता शाहले साधारण तारेखमा रिहा गर्नका लागि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो । अब कम्तिमा फैसलासम्म अभिनेता शाह थुनामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर