Advertisement
☰

शनिवार साउन १७ गते मुस्लिमहरुको ईद उल अजहा पर्व मनाइने:- बिद्यार्थी नेता आमिन राईन

न्युजडेस्क
२०७७ श्रावण १४, बुधबार १९:०२

समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्य आमिन राईन को भनाई अनुसार मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने ।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण मठ मन्दिर मन्दिर, मस्जिद, चर्चहरुमा भेला हुन नेपाल सरकारले मनाही गरेको छ।

लकडाउन का कारण मुस्लिम समुदाय ईद उल फित्रको दिन आआफ्नो तरिकाले घरमैं नमाज पढेंका थिए ।

ईद उल अजहा (बकरईद) को नमाजलाई लिएर मुस्लिम आयोगको अगुवाईमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवा, समाजसेवी लगायत बिभिन्न पार्टीका मुस्लिम अगुवा एवं बुध्दिजीवीहरु भोली बिहीबार आयोगको कार्यालयमा बैठक बस्ने बिद्यार्थी नेता आमिन राईन ले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर