Advertisement
☰

जनकपुरले सुदूरपश्चिम विरुद्ध पहिले ब्याटिङ गर्ने

न्युजडेस्क
२०८१ पुष ३, बुधबार १३:२९

आमिन राईन
जनकपुरधाम, पुष ३ गते।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्सले टस जित्दै सुदूपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको हो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई सहजै पराजित गरेको थियो।
यो खेलको विजेता सीधै एनपीएलको फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्समा कर्णाली याक्सविरुद्ध खेल्नुपर्ने छ।
जनकपुरका कप्तान अनिल साह घाइते भएपछि मार्की खेलाडी समेत रहेका आसिफ शेखले कप्तानको जिम्मेवारी सम्हालेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर