Advertisement

जनता समाजवादी पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने

न्युजडेस्क
२०७७ कार्तिक ३, सोमबार २०:४४

काठमाडौं, ३ कात्तिक । जनता समाजवादी पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने भएका छन् । पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । बैठकले दशैं भत्ता खारेज गर्न र कोभिड-१९ पीडितलाई राहत दिन माग गरेको छ ।बैठकले पार्टी विधान संशोधनसहित पारित गरेको नेता पाण्डेले जानकारी दिए ।

सोमबारबाट सुरु भएको बैठक मंगलबारसम्म जारी रहनेछ । बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो ।

पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । जसपाको केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार राई, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर