Advertisement
☰

पाकिस्तानकाे एक मदरसामा बम विस्फाेट : ७ जनाकाे ज्यान गयाे, ७० घाइते

न्युजडेस्क
२०७७ कार्तिक ११, मंगलवार १३:२२

पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।

बीबीसीले जनाएअनुसार पेसावरको उत्तरी शहरमा भएकाे उक्त बम विस्फाेटमा परेर ७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ ।

स्थानीय समय ८ बजेर ३० मिनेटमा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर