Advertisement

उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनकपुरधाममा युवाहरु द्वरा प्रदर्शन

न्युजडेस्क
२०७७ पुष २, बिहीबार २०:३९

उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । उखु किसानको बाँकी बक्यौता दिनुपर्ने माग राख्दै जनता समाजवादी पार्टी निकटका युवाहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले किसानको बक्यौता अबिलम्ब दिनुपर्ने र सरकारले ल्याएको संवैधानिक परिषद् अध्यादेश खारेजीको माग समेत गरे ।

प्रदर्शनकारीले उखु किसानको माग पूरा गर, केपी ओली शर्मा प्रधानमन्त्रीबाट राजिनामा दे, केपी ओली मुर्दावाद, होली हटाउ देश बचाउ’ जस्ता नारा लगाएका थिए ।

समाजवादी विद्यार्थी युनियन र समाजावादी युवा संघ संयुक्त रुपमा प्रदर्शन गरेका छ्न। सहभागी बिकास यादव, दिपु कापर, सुनिल यादव, राम यादव, रहमत राईन, आमिन राईन, उमेश निराला, पुजन मुवार, शिव यादव, किसन साह, धिरु यादव, लगाइत सयौंको संख्यामा युवा विद्यार्थीहरु को सहभागीता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर