Advertisement
☰

लक्ष्मिनियामा युवकको शव फेला परेपछि…

न्युजडेस्क
२०७७ फाल्गुन १६, आईतवार १४:५०

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर