Advertisement
☰

हुम्ला : विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी, आगो निभाउने प्रयास चल्दै

न्युजडेस्क
२०७७ मंसिर १८, बिहीबार ०७:५४

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगोले कार्यालय प्रमुख बस्ने कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दा लागि परेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर