Advertisement

आफ्नै दलका साथीहरूले निहुँ खोजेर कामै गर्न दिएनन् : प्रधानमन्त्री ओली

न्युजडेस्क
२०७७ फाल्गुन ३, सोमबार २२:००

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेतहरुले सोचेजस्तो काम गर्न नदिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज (साेमबार) सरकारको तीन वर्षे उपलब्धि सुनाउनुअघि सुरुदेखि नै सरकार चलाउन अप्ठ्योरो भएको बताउनुभएकाे हाे ।

सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘एकातिर जनताको उच्च आंकाक्षा सरकारले पूरा गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैँ सरकारले काम गर्ने नपाउने अवस्था सिर्जना भयो ।’

उहाँले निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका नेताहरू उत्रिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सकेसम्म अल्मल्याउने, नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रिनुभयो । एउटा त्यस्तो दु:खपूर्ण स्थिति रह्यो । यद्यपि नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको कुण्ठाको बाछिँटा व्यवस्थापिकामा नपरोस् भन्नेमा म रहदम सचेत रहेकै हुँ ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर