Advertisement

अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

न्युजडेस्क
२०७८ श्रावण २१, बिहीबार १७:५२

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । 

अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका छन् ।

अध्यक्ष यादवले एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन आग्रह गरेका छन् । उनले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको उल्लेख गरेका छन् । 

देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन गम्भिर रुपले लाग्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भनेका  छन्, ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर