Advertisement
☰

महोत्तरीमा जसपाको अन्तरक्रियाकार्यक्रम सप्पन्न

न्युजडेस्क
२०७८ आश्विन ४, सोमबार ७:२१

महोत्तरी : असोज ४ गते

महोत्तरीको सम्सी गाउँपालिका वडा न.  ५ पोखरभिंडामा आयोजित एक कार्यक्रम  विच  अधुरो संविधान संशोधनको आवश्यकता रहेको कुरा अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन्।

जनता समाजवादी पार्टी नेपाल महोत्तरीको आयोजनमा  पोखरभिंडामा सम्पन्न संविधानको संशोधन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले नेपाल संविधान २०७२ लाई संशोधन गर्न जनसंघर्ष गर्नुपर्ने आवश्यकता माथि जोड दिएका छन्।

नगेन्द्र यादवको अध्यक्षतामा यो अन्तरक्रिया प्रमुख अतिथि हरिनारायण यादव, बिशिस्ट अतिथि डा. सुरेन्द्र कुमार यादव र अथितिमा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा रहेका  थिए ।

उपस्थिति हुनेमा क्षेत्रिय अध्यक्ष गगन देव   केन्द्रिय सदस्य कृष्णा, रबिन्द्र कुशवाहा,शत्रुधन यादव, महिला नेत्रीमा गीता देवी ,निलम यादव लगायतका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर