Advertisement
☰

नेकपा एमालेलाई राजपुर नपामा ठूलो झटका, मेयर प्रत्यासी काँग्रेसमा

न्युजडेस्क
२०७८ चैत्र २१, सोमबार १२:३४

तत्कालीन पिपरा भगवानपुर गाविस अध्यक्ष तथा २०७४ सालको स्थानीय चुनावमा तेस्रो स्थानमा जनमत पाएका शेख कदिर आज एक कार्यक्रम बिच नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको छ ।
राजपुर नगरपालिकाको विगतको चुनावमा नयाँ शक्ति पार्टीबाट नगरप्रमुख पदमा चुनाव लडी तेस्रो स्थानमा मत ल्याई परास्त भएको थियोे । त्यसपछि शेखले नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका थिए तर अहिले नेपाली काँग्रेस पार्टीबाट प्रतियाग गरि शेख सकिल अख्तरले नेकपा एमाले प्रवेश गर्न त्यारीमा रहेको हुनाले त्यस्तो व्यक्तिसँग रहेर पार्टी भित्र काम गर्न राम्रो वातावरण बन्न सक्दैन । मेयर जस्तो व्यक्तिले कुन स्थानमा के शब्द प्रयोग गर्नुपर्छ भने केही थाहा छैन । जनतालाई सधैं अपहेलित गरि नकारात्मक असभ्य भाषामा बोल्ने बानी र पुरै कार्यालयमा राम्रो विकास गर्न नसक्नेसँग हाम्रो तालमेल कुनै तरिकाले नमिल्न भएकोले काँग्रेस पार्टी रोजेको शेख कदिरले बताए ।

राजपुर नगरपालिकाको नगर-प्रमुख पदको प्रत्यासी तथा पूर्वमन्त्री मो.अफताब आलमको कान्छो छोरा डा. राजीक आलमले टीका, माला लगाएर काँग्रेसमा प्रवेश गराएका छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर