Advertisement

सर्लाहीबाट जन्ती सबार बस धनुषमा दुर्घटना हुँदा १५ जना घाइते

न्युजडेस्क
२०८१ असार १७, सोमबार १५:१५

जनकपुरधाम, असार १७ गते । सर्लाहीबाट जन्ती सबार बस धनुषामा दुर्घटनामा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ। उनीहरू सबैको उपचार गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर