Advertisement

प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

न्युजडेस्क
२०८० श्रावण ३२, बिहीबार १६:२८

जनकपुरधाम, श्रावण ३२ गते । जनता समाजवादी पार्टीको नेपाल का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले बजरंग कृषक समूह हठिपुरलाई कृषि यन्त्र हस्तान्तरण गरेका छन।
सो अवसरमा बोल्दै समाजवादी नेता प्रदेश सांसद यादवले किसान समृद्ध भए मात्र प्रदेश र देश समृद्ध हुने कुरा बताउंनु भयो ।
प्रदेश सांसद यादवले जिल्ला कै उत्कृष्ट किसान , बजरंग कृषक समुहका अध्यक्ष वौऐलाल मंडललाई प्रधानमन्त्री कृषि परियोजना को सहयोगबाट प्राप्त ट्रेक्टर,रोटाभेटर सहितका कृषि यन्त्र हस्तान्तरण गरि सम्मान गरेका छन।
कार्यक्रममा प्रदेश सांसद द्वारा जलवायु परिवर्तन लाई न्युनिकरण का साथै पर्यावरण संरक्षणको सन्देश दिदै किसानहरुलाई अमला,अम्बा र कटहर सहितका फलफूल का विरुवा हरु पनि वितरण गरिएको छ।
शहिदनगर नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष उमेश निरालाको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा मंगलेश्वर महादेव मन्दिर हठिपुरका निर्माता समाजसेवी डा सत्यनारायण यादव ,प्रधानमन्त्री कृषि परियोजना का प्रमुख युगलकिशोर तिवारी ,मत्स्य अनुसन्धान प्रविधि जनकपुरधामका प्रमुख रविलाल शर्मा ,अासमान नेपाल का प्रतिनिधि ममता यादव ,जसपा नेता विनोद मंडल सहित ले किसान हरुको प्रोत्साहन गरि कृषि विकास मा राज्य ले ध्यान दिनुपर्ने अावश्कता रहेको कुरामा जोड दिएका छन

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर