जनकपुरधाम, भादौ २४ गते। जनता समाजवादी पार्टी नेपाल निकट ` प्रेस मञ्च नेपाल ’को धनुषा जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन मण्डललाई सर्वसहमतीबाट चयन गरिएको छ ।
जनकपुरधाको आन्नद होटलमा आयोजना गरिएको जिल्ला अधिवेशन अर्जुन मण्डलको अध्यक्षतामा मञ्चको अधिवेशन सम्पन्न भएको हो । मण्डल यसअघि पनि अध्यक्ष थियो।
मञ्चको उपाध्यक्षमा बिरेन्द्र साह, आरती कुमारी मण्डल, सचिवमा आमिन राईन, स.सचिवमा विशाल दुर्वे, संतोष कुमार यादव र कोषाध्यक्षमा बिनय अधिकारी ( यादव ) छन् । जिल्ला समिति १७ सदस्यीय गठन भएको हो ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद माननीय रामअशिष यादवले गरेका थिए ।
मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई जसपा प्रदेश सचिव जितेन्द्र यादव र जसपा नेता बलराम मह्तोले अबिर माला लगाएर स्वागत गरेका थिए ।
साथै नेपाल पत्रकार महासंघ का प्रदेश अध्यक्ष राजेश कर्ण, मंचका वरिष्ठ उपाध्यक्ष अातिश मिश्रा,संघीय परिसद सदस्य प्रेम चन्द्र झा,जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,चलचित्र बोर्ड का सदस्य अशोक दत्त,मिडिया काउन्सिल का सदस्य कैलाश दास ,नेपाल पत्रकार महासंघ धनुषा का उपाध्यक्ष अबधेश कामत, मंचका प्रदेश संयोजक मुकेश ठाकुर ,सहित वक्ताहरूले व्यवसायिक पत्रकारिताको प्रबर्द्धन सम्बन्धमा विचार व्यक्त गरेका छन।
























