Advertisement
☰

नेकपा सचिवालय बैठक स्थगित

न्युजडेस्क
२०७७ आश्विन १८, आईतवार १३:४०

द प्रदेश टाइम्स / काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गर्नुभएको छ । प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

राजदूतसहित विभिन्न निकायमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा नियुक्ति गरेकोमा प्रचण्ड र माधव नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । विभिन्न निकायमा भएका नियुक्ति र मन्त्रीहरु हेरफेरको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

शनिबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर