Advertisement
☰

बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

न्युजडेस्क
२०७७ आश्विन २०, मंगलवार ०८:१९

२० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर