Advertisement

रौतहटमा १० प्रतिवादी र १ जना तस्कर पक्राउ

न्युजडेस्क
२०८१ फाल्गुन १७, शनिबार १९:४५

रौतहट। फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १० जना फरार प्रतिवादी र १ जना तस्कर पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका १० जना प्रतिवादी र १ जना तस्कर गरी ११ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कुटपिट मुद्दाका सफी आलम, कुटपिट तथा कुटपिट मुद्दाका रुवाना खातुन, जालसाजी मुद्दाका महेन्द्र साह, जुवामा शेख हैदर अली, किरते जालासजीमा नन्दकिशोर राम रहेका छन् ।त्यस्तै वन मुद्दामा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरञ्जन पासवान, चेक अनादरमा प्रभु हजार, घरेलु हिंसामा मेघु हजरा र शिक्षा सम्बन्धी मुद्दामा सुनिता कुमारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए। उनीहरूलाई फैसला कार्यान्वयन लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिए।

उता सीमावर्ती भारतीय बजारबाट २ लाख ११ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामान ल्याउँदै गरेका गरुडा नगरपालिका ६ का २० वर्षीय पवन कुमार यादवलाई प्रहरीले पक्राउ गरी सामान र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर