• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

२०७७ माघ २, शुक्रबार १६:०९

काठमाडाैं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा (आज) शुक्रबार सुनुवाइ तय भएको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संंवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क छ ।

सर्वोच्च अदालतको संंवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संंवैधानिक इजलासमा नै राख्ने वा बृहत् पूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ताहरू र न्यायाधीशबीच सवाल जवाफ भएको छ । सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको छ ।

यही पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने, प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्टारसमेतका कागजात संङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमीकस क्युरी) मा नेपाल बार एसोसिएसनका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एसोसिसनले निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएका थिए । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । उक्त निवेदनमा राष्ट्रपति कार्यालयलाई लिखित जवाफ माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गर्नुभएको थियो ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech