Advertisement

कुनै सहमति बिना सकियो अध्यक्षद्वयको छलफल

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार २१:१२

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय  केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डबीच  बुधबार भएको वार्ता २ घण्टापछि सकिएको छ ।

दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।

वार्ता २ घण्टा चले पनि ठोस सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।

नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर