धर्वेन्द्र कुमार यादव(यदुवंशी) महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा दिवा खाजा खुवाउन बन्द गरिएको छ ।
जिल्लाका अन्य विद्यालयहरुमा विद्यार्थीहरुलाई दिवा खाजा खुवाइरहेको भएपनि रामगोपालपुर नगरपालिकाले विद्यालयहरुमा दिवा खाजा बन्द गरेको छ ।
विद्यालयमा पढाईप्रति बालबालिकाहरुलाई आकर्षित गराउने र पढाइमा सबैको पहुँच पुर्याउने उद्देश्यले सरकारले प्रत्येक सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरुको लागि नि:शुल्क खाजाको व्यवस्था गरेको छ । दिवा खाजामा सरकारले करोडौको लगानी गरेपनि रामगोपालपुर नगरपालिकाकाे सम्पूर्ण विद्यालयहरुमा दिवा खाजा खुवाउनै छाडेको गुनासो बढेको छ ।
रामगोपालपुर नगरपालिका ५ स्थित रहेका श्री महेन्द्र मावि विद्यालयका प्रधानाध्यापक धिरेन्द्र कुमार मण्डलले विद्यालयलाई पालिकाले पैसा नपठाको हुँदा दिवा खाजा बन्द गरिएको बताए ।
दिवा खाजा सम्बन्धमा नगर प्रमुख अशोक कुमार मण्डलले शिरीष न्युजलाई कोरोनाको कारण हामी यस वर्ष दिवा खाजा बन्द गरेका बताए ।
विद्यार्थीको दिवा खाजा बन्द गरेर विद्यार्थीहरुमाथी अन्याय गरिरहेको अभिभावकहरुले गुनासो गरेका छन् ।











