Advertisement
☰

ओली र प्रचण्डले छाडेमा नेतृत्व लिन हामी तयार छौँ : मन्त्री पुन

न्युजडेस्क
२०७७ मंसिर १५, सोमबार १२:१६

सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताउनुभएको छ ।

रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा या दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताउनुभएको हो ।

‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ‘ मन्त्री पुनले भन्नुभयो ।

उहाँले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री पुनले रोल्पा नगरपालिका वडा नम्बर ३ मा ३१/११ केभीको सबस्टेशन उद्घाटन गर्नुभएको छ । यो सबस्टेशन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुनेछ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर