बलिराम कापरी/जनकपुरधाम चैत १३
धनुषा स्थित मिथिला बिहारी नगरपालिकाको पुरनदाहा टोलमा पार्टी प्रवेश तथा होलि मिलन समारोहमा विभिन्न पार्टी प्ररित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ ।
जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको सम्पूर्ण नवप्रबेशी नेता तथा कर्याकर्ताहरुको जसपा नेपाल केन्द्रिय कार्यकारिणी समिति सदस्य माननीय महेन्द्र राय यादव ज्युले स्वागत गरेको छन ।
सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी परित्याग गरि ४५० जनाले जसपा नेपालमा प्रवेश गरेको हो । प्रवेश गरेका नवप्रबेशीलाई माननीय महेन्द्र राय यादवले भने ‘जहिलेसम्म मेरो भाईहरुले नश्लीय चिन्तन बोकेको पार्टी बसेको हुन्छ । तब मधेस र मधेसी अधिकारबाट बञ्चित रहनेछ, त्यसैले हामीलाई अब समयमै सोच बिचार गर्न आवश्यक छ ।
पार्टी प्रवेश तथा होलि मिलन समारोह मिथिला बिहारी नगरपालिका नगर संयोजक बिनोद मण्डल अध्यक्षतामा गरेको उक्त कार्यक्रममा अतिथि जसपा नेपाल केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल, दिपक कार्की, अरुण सिंह मण्डल, साधु यादव, राम ज्ञान मण्डल, मिथिला बिहारी संयोजक सीता यादव तथा जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव उपाध्यक्ष अम्भु प्रसाद साह, हंसपुर नगरपालिकाका नगर संयोजक लालबाबु यादव त्यस्तै समाजवादी युवा संघ, धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कुमार कापर तथा विद्यार्थी नेता बलिराम कापरी लगायत मिथिला बिहारी सम्पूर्ण नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।











