बर्दिबास घटनाको विरुद्धमा महोत्तरीको सम्सी बजार बन्द भएको छ ।
बर्दिबासकी ६ वर्षीया बालिका गुलाशा खातुनको बलात्कार पश्चात हत्या र प्रहरीको गोलीबाट मृत्यु भएका संजय न्यौपानेका दोषीलाई कारबाहीको माग गर्दैसम्सीमा बजार र सडक बन्द गराएका हुन् ।
स्थानीयले बिहीबार बिहानैदेखि बलात्कारीलाई फाँसे दे, संजय न्यौपानेलाई सहिद घोषणा गर, महोत्तरीकी छोरी गुलाबसालाई न्याय देउ लगायत नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका हुन् ।
उनीहरुले बजार र गौशाला सम्सी सडक खण्ड समेत बन्द गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्