उमेश यादव / अषाढ २० गते
महोत्तरी बर्दिबास नगरपालिका वाडा न १२ स्थित पञ्चधुरा माई मन्दिरको प्राङ्गणमा वातावरण मैत्री बिधालय अभियान द्वारा विभिन्न प्रजातीका बिरुवा रोपिएको छ।
कार्यक्रम जनसहयोगी युवा संजाल बर्दिबासका सहकार्यमा भएको थियो। सो कार्यक्रममा जनसहभागी युवा संजालको अध्यक्ष प्रमेश्वेर महतोले बोटविरुवा लगाएपछि वातावरण ह्रास हुदैन भने जानकारी गराउनु भएका थिए।
यस्तै मन्दिरका महन्तले वातावरण समृद्धको मुल स्रोत बोटविरुवा नै हुन बताउनु भयो।
उक्त वृक्षा रोपन कार्यक्रममा वातावरण मैत्री बिधालय अभियानको संयोजक रामकुमार साह, सचीव उमेश यादव, समाजसेवी, दिपेन्द्र यादव, जनसहयोगी युवा संजालका अध्यक्ष प्रमेश्वेर महतो, सचीव मनोज महतो, उपाध्यक्ष वातावरण अभियानी आमिन राईन लगाइत स्थानीयहरुको सहभागिता थियो।













