Advertisement
☰

सुन लिन हिँडेका पुरुषविमानस्थलबाट डलरसहित पक्राउ

न्युजडेस्क
२०७८ आश्विन ७, बिहीबार १०:४६

काठमाडौं , एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए । एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विदेश जाँदा १५ सयभन्दा बढी डलर लैजान पाइँदैन । तर, सुन तस्करी गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् ।

सुनको काम गर्नेहरुले सीताराम जस्ता व्यक्तिहरुको समूह बनाएर तस्करी चलाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । दुबईमा एक साता घुम्ने र आउने जाने खर्च सुनको काम गर्नेहरुले गरिदिने हुँदा सीतारामजस्ता व्यक्तिहरु लोभिने गरेका छन् । खाडी मुलुक घुमेर फर्किने लोभमा जानेहरू धेरैलाई कुन देश जाने र कहिले फर्किने भन्ने पनि थाहा नहुने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर