Advertisement
☰

एमालेको वीरगंज नगर कमिटी अध्यक्षमा राजेन्द्र यादव, उपाध्यक्षमा महेश दास

न्युजडेस्क
२०७८ कार्तिक ११, बिहीबार ८:०१

वीरगंज : नेकपा (एमाले) वीरगंज महानगरपालिकाको प्रथम अधिवेशन सम्पनन भएको छ। अधिवेशनले नगर अध्यक्षमा राजेन्द्र प्रसाद यादवलाई चयन गरेको छ।

त्यस्तै, उपाध्यक्षमा महेश दास, सचिवमा सुन्दरी कुर्मी, उप-सचिवमा मुना दहाल, अनवर अलीलगायत ९३ सदस्यी नगर कमिटी गठन भएको नगर कमिटी सचिव सुन्दर कुर्मीले जानकारी गराए। नगर कमिटी सदस्यमा वीरेन्द्र कण्ठ, पन्नालाल साह, लक्ष्मण थापा, जीवन हमाल, ग्यासु मियाँ देवान, नविदिन हवारी, बिक्रम सिंह, रघुनाथ गोसाई, वसिम अली, प्रदिप चौरसिया, नुरुल होदा अन्सारी, अनुप बस्नेतलगायत रहेका छन्।

नगर कमिटी अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश २ अध्यक्ष ज्वाला शाह, विशिष्ट अतिथि केन्द्रीय सदस्य निर्मला देवकोटा, जुनैद अन्सारी, जिल्ला अध्यक्ष प्रभु हजरा, नेता बसरुद्दीन अन्सारीलगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर