• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘सङ्कटलाई अवसरमा बदल्न सके यसै वर्ष झण्डै १५ लाख युवाले रोजगारी पाउनेछन्’

२०७७ असार २५, बिहीबार २२:४०
‘सङ्कटलाई अवसरमा बदल्न सके यसै वर्ष झण्डै १५ लाख युवाले रोजगारी पाउनेछन्’

काठमाण्डौ : कोरोना भाइरसको सङ्क्रमणको कारण अर्थतन्त्रमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटभन्दा पनि धेरै असर पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले पूर्वानुमान गरेको छ । लामो समयदेखि लकडाउन भइरहेकोले नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् । लकडाउनको कारण तीन महिनादेखि ठप्प भएको नेपालको आर्थिक गतिविधिलाई कसरी सक्रिय बनाउन सकिएला ? टेकमान शाक्यले नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानसँग कुराकानी गर्नुभएको छ ।

लकडाउन केही खुकुलो भएको छ, अब आर्थिक गतिविधिहरु स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्नुपर्ने हुन्छ । उद्योगी व्यवसायीहरुको तयारी कस्तो छ ?

कोरोना सङ्क्रमण दर हरेक दिन बढ्दैछ । लकडाउन केही खुकुलो भएसँगै उद्योग व्यवसाय पनि बिस्तारै सञ्चालन गर्दैछौँ । सरकारले जारी गरेका मापदण्डलाई पालना गरेर हामीले गतिविधि सञ्चालन गर्दैछौँ । व्यवसाय गर्ने व्यक्ति र त्यसबाट लाभ लिने दुवै क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर हामीले काम गर्ने रणनीति बनाएका छौँ । स्यानिटाइज गर्ने, मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत मापदण्ड अपनाएर गतिविधि सञ्चालन गर्न म सबै उद्योगी व्यवसायीहरुसँग आग्रह गर्छु ।

झण्डै ३ महिनादेखिको लकडाउनले उद्योगी व्यवसायीले धेरै नै गुमाउनुपर्यो । अब ठप्प आर्थिक क्रियाकलापलाई कसरी माथि उठाउन सकिएला ?

उद्योग, कलकारखाना र व्यवसाय कसरी अघि बढाउने भन्नेबारे सरकारसँग पनि हाम्रो छलफल भइरहेको छ । आर्थिक मन्दी नेपालमा मात्रै होइन, विश्वभर नै परिरहेको छ । यसको समाधानको लागि हामी सबै संयम हुनुपर्ने आवश्यकता छ । सरकारले राहतका कार्यक्रमहरु पनि ल्याउनुपर्ने देखिन्छ । अब सरकारले साना साना कर्जाको ब्याज मिनाह गरिदिनुपर्छ । कृषि, इन्फ्रास्टक्चर, शिक्षालगायत क्षेत्रलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेबारे गहन अध्ययन गरेर रणनीति बनाउनुपर्छ । उद्योगी व्यवसायी मारमा पर्नु भनेको सरकार र आमनागरिक नै मारमा पर्नु भएकोले यसबारे बेलैमा सचेत हुनुपर्छ ।

सरकारले उद्योगी व्यवसायीप्रति अलि धेरै उदारता देखाउनुपर्यो, प्याकेजहरु ल्याउनुपर्यो भन्न खोज्नुभएको हो ?

उद्योगी व्यवसायी मर्कामा पर्यो भने राजस्व सङ्कलनमा समस्या हुन्छ र त्यसको असर सरकारलाई नै पर्न जाने हो । सरकारले हामीप्रति हेर्ने दृष्टिकोण अलि सकारात्मक राख्नुपर्यो । यस्तो काम गरौँ कि व्यवसायीलाई पनि हानी नहोस् र सरकारलाई पनि सहयोग पुगोस् । लकडाउन खुकुलो भएसँगै धेरै कुराहरु गर्न अझै बाँकी छ, सरकारसँग हामी सँगसँगै अघि बढ्न चाहन्छौँ ।

त्यसो भए सरकारसँग कसरी सहकार्य गर्न खोज्दै हुनुहुन्छ ?

अहिले एउटा अवसर आएको छ कृषिमा क्रान्ति गर्ने, जङ्गलमा पाइने जडीबुटीबारेको उद्योग सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको सुधार गर्नेलगायत । यी क्षेत्रमा उद्योगी व्यवसायीहरुले लगानी गरे सरकारको राजस्व पनि बढ्ने हो । यस्तो अवस्थामा व्यवसायीलाई अख्तियार लगाउनेजस्ता काम गरेर व्यवसायीहरुलाई आतङ्कित बनाउन हुँदैन । समयमा कर तिर्ने वातावरण कसरी बनाउन सकिन्छ भनेर सरकारले सोच्नुपर्छ ।

यस्ता विषयमा सरकारले ध्यान दिन सके उद्योग व्यवसाय पहिलेकै अवस्थामा फर्कन सक्छन् भन्ने मलाई लाग्छ । यसबारेमा सरकारी ध्यान जाओस्, हामी सहकार्य गरेर अघि बढ्न तयार छौँ । सरकार र हामी एउटै गाडीका दुई वटा पाङ्ग्रा हौँ । सरकार र निजी क्षेत्र मिलेन भने त आर्थिक गतिविधि सञ्चालन गर्ने र समृद्ध देश निर्माण गर्न समस्या हुन्छ ।

गएका दिनमा जे भयो र भइसक्यो, अबका दिनमा अर्थतन्त्र ठिक ठाउँमा ल्याउन र अझै धेरै कुराहरु गुम्न नदिन बाटो पहिल्याउनुपर्ने समय आइसक्यो नि, हैन ?

हो, अर्थतन्त्रलाई तहसनहस हुन नदिनको लागि नै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ भनेको हुँ मैले । साना तथा मझौला र लघु उद्यमी व्यवसायहरुलाई पहिले संरक्षण दिनुपर्छ । स्वदेशी उत्पादनलाई उपभोग गर्ने अनिवार्य वातावरण बनाउनुपर्छ ।

स्वदेशी उद्योगको उपभोग गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, नेपालकै फलफुललाई प्रवर्द्धन गर्ने, पहिले आफ्नो देशमा भएका वस्तुको खपत गर्ने र नपुगेको खण्डमा मात्रै विदेशबाट ल्याउने गर्नुपर्छ । त्यसो गरियो भने यहाँको रोजगारी बढ्नेछ । आम्दानी बढ्नेछ र देशका नागरिकहरु सुखी हुने सम्भावना रहन्छ । यी कुरामा सरकारको आँखा तत्काल जाने हो भने व्यवसायीको हित पनि हुनेछ र देशको अर्थतन्त्रमा पनि सुधार हुनेछ ।

कुनै सङ्कट आइपर्दा त्यसले अवसर पनि बोकेर आउँछ भनिन्छ । कोरोनाले निम्त्याएको लकडाउनको कारण पनि हामीलाई केही अवसरहरु जुटेका छन् ?

पक्कै पनि अवसरहरु जुटेका छन् । सङ्कटको साथमा समाधान पनि आउँछ । अब हामीले समाधान पहिल्याउनुपर्छ । समाधान थाहा पाउनेबित्तिकै सङ्कटलाई छाडेर हिँड्नुपर्छ, अघि बढ्नुपर्छ । जस्तै अहिले कृषिका सम्भावनाहरुलाई यही समयमा उपयोग गर्नुपर्छ । उत्पादनका सम्भावनाहरुलाई यही समयमा अघि बढाउनुपर्छ ।

स्वदेशी उद्योगको सामान अनिवार्य खरिद गर्ने रणनीति यही बेलामा ल्याउन सक्छौँ । फलफुल र तरकारी खेती गर्ने र त्यसको सम्भावित बजार व्यवस्थापन गर्न यही समयमा लाग्नुपर्छ । त्यसकारण सरकार र निजी क्षेत्रको सहकार्य मिलेको खण्डमा हामीले यो सङ्कटलाई भरपुर अवसरको रुपमा सदुपयोग गर्न सक्छौँ ।

विदेशबाट लाखौँ युवाहरु स्वदेश फर्किरहेका छन् र फर्कने क्रममा छन् । उनीहरुलाई प्रयोगमा ल्याउन रोजगारी सिर्जना गर्न कसरी सकिएला ?

कृषि र वन क्षेत्रमा उद्यमशील विकास गरेर काम गरे हामीले उनीहरुलाई सजिलै रोजगारीमा लगाउन सक्छौँ । अहिले सरकारले भूमि बैंकको अवधारणा ल्याएको छ । यो अवधारणालाई व्यवस्थित गरेर अघि बढ्ने हो भने रोजगारीको ठूलो सम्भावना छ । दुई सय बिघासम्मका जग्गाहरु चक्लाबन्दी गरेर त्यहाँ कृषि गर्ने हो भने रोजगारी त त्यहीँ नै सिर्जना भइहाल्छ नि, हैन र ?

उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न सके यसै वर्ष १० देखि १५ लाख युवालाई नेपालमै रोजगारी दिन सकिन्छ । त्यसका लागि सरकारले नीति मात्रै हैन, कानुन पनि बनाउनुपर्छ । जङ्गलमा उब्जिने जडीबुटी व्यवसाय पनि हाम्रा लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । त्यसैले अहिले नै सङ्कट आइपर्‍याे भनेर डराउनुपर्ने आवश्यकता छैन ।

सम्बन्धित खवर

अन्तर्वार्ता

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

56 years पहिले
अन्तर्वार्ता

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ

56 years पहिले
अन्तर्वार्ता

नेकपा जोड्ने चिनियाँ प्रयास असफल

56 years पहिले
अन्तर्वार्ता

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

56 years पहिले
अन्तर्वार्ता

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा छलफल

56 years पहिले
अन्तराष्ट्रिय

महिला हिंसा बारे अन्तर पार्टी महिला संजाल द्वारा धनुषा CDO,SP संग छलफल।

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech