• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘कक्षा ११ को आत्तिन परेन, १२ को परीक्षा हुन्छ’

२३ असार २०७७, मंगलवार
‘कक्षा ११ को आत्तिन परेन, १२ को परीक्षा हुन्छ’

काठमाण्डौ : एसईईको परीक्षा नलिने यसअघि नै सरकारले घोषणा गरिसकेको छ । कक्षा ११, १२ र विश्वविद्यालय तहका परीक्षाबारे भने सरकारले निर्णय गरिसकेको छैन । एसईईको नतिजा परीक्षा नलिईकन आन्तरिक मूल्यांकनका​आधारमा दिईने सरकारको निर्णयले त्योभन्दा माथिल्लो तहमा पनि त्यस्तै मोडल कार्यन्वयनमा ल्याईने पो हो कि भन्ने धेरैको अनुमान छ । कोरोना भाइरसको सङ्क्रमणदर अझै नसकिएकोले कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई आफूहरुको परीक्षा के हुने भन्ने अन्योल छ । यसै विषयमा साथी टेकमान शाक्यले शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग कुराकानी गर्नुभएको छ ।

एसईईको परीक्षाबारेको अन्योल त हट्यो, अब कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका परीक्षाहरु के हुन्छन् ?

कक्षा ११ को विषय अहिले हामीले आत्तिनु पर्दैन । ११ को परीक्षा १० को जस्तो होइन । ११ पास नभए पनि १२ पढ्न पाउने हाम्रो अभ्यास छ । ११ को परीक्षा नभए पनि साउनदेखि या भनौं शैक्षिक सत्र सुरु भएपछि १२ पढ्दै गर्दा हुन्छ। परीक्षा चाहिँ लकडाउन खुल्यो र सहज भयो भने मात्रै लिईन्छ । १२ पढ्दापढ्दै वातावरण अलि सहज भयो भने पनि लिनुपर्ने हुन्छ । १२ को चाहिँ परीक्षा गर्नुपर्ने भएकोले लकडाउनको अवस्था हेरेर हामी निर्णय गर्छौँ । विद्यार्थी स्कुलमा आउन सक्छ भन्ने वातावरण भएपछि हामी त्यसबारे निर्णय गर्छौँ । पहिले त घरबाट परीक्षाकेन्द्रसम्म आउन सक्ने वातावरण बन्नुपर्यो नि हैन ? तपाईंले भनेजस्तै अहिले नै तिथिमिति किटान नै गर्न सकिने अवस्था चाहिँ छैन । लकडाउनको विषय टुँगो नलागेसम्म परीक्षाबारे निर्णय गर्नु कुनै सान्दर्भिक हुन्छ जस्तो मलाई लाग्दैन ।
एसईईबारे पनि तपार्ईले यस्तै भन्नुभएको थियो, परीक्षा नलिने सरकारले घोषणा गर्यो । कक्षा १२ को परीक्षाको मोडालिटीबारे पनि केही छलफल गर्नुभएको छ ?

परीक्षाको मोडालिटीबारे त छलफल छ तर, कक्षा १० र १२ को परीक्षा फरक पाटो हो । १० को परीक्षा कक्षा ११ पढ्नका लागि हो र कक्षा १२ सम्म नै स्कुलस्तरको भनेर मानिएको छ । १२ कक्षाको परीक्षाबारे भने अलि सोच्नुपर्छ,किनभने यो विश्वविद्यालय प्रवेश गर्ने ठाउँ हो । कक्षा १० लाख सोचेजस्तै १२ लाई हेर्नु हुँदैन । हामी केही न केही निर्णय गर्छौँ नै ।

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दो छ, तत्कालै अवस्था सहज हुने सम्भावना पनि देखिंदैन । ठ्याक्कै यही हुन्छ भन्नेबारेको निर्णय तत्काल दिन सक्ने सम्भावना छैन ?

१२ को मात्रै परीक्षा रोकिएको होईन । विश्वविद्यालयका परीक्षाहरु पनि रोकिएका छन् । १२ भनेकोे विद्यालय शिक्षा सकेर विश्वविद्यालय प्रवेश गर्ने अथवा विदेश पढ्न जाने ढोका हो भनेर बुझ्नुपर्छ । विकल्पहरु धेरै आएका छन् ।निर्णय नै नभईकन मन्त्रालयको धारणा यो भनेर अहिले नै भन्न मिल्दैन । विज्ञहरुले पनि १२ लाई १० को जस्तैगरी हेर्न हुँदैन भनेर सुझाव दिईरहेका छन् । त्यसैले अहिले नै यही हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।

कक्षा १२ बाहेक त्यो भन्दा माथिल्लो तहका परीक्षाबारे चाहिँ के हुन्छ ?

त्यसबारे सम्बन्धित विश्वविद्यालयले तयारी गर्दैछन् । विद्यालयस्तरको भन्दा यो परीक्षा अलि फरक हुने गर्छ । त्यसमध्ये पनि कतिपयले डीनको कार्यालयलाई जिम्मा दिएको होला भने कतिपयले परीक्षा नियन्त्रणको कार्यलयको निर्णय कुरेर बसेको हुन सक्छ । वैकल्पिक उपायबारे पनि उहाँहरुले केही न केही छलफल गर्दै हुनुहुन्छ होला ।

प्रवक्ताज्यू, अलि प्रष्ट पारिदिनुपर्यो, परीक्षा हुन्छ की हुँदैन भन्नेमा नै विद्यार्थीहरु अन्योलमा परिरहेका छन् ।

सतप्रतिशतको ग्यारेन्टी त म लिन सक्दिन तर परीक्षा हुन्छ । यो प्राविधिक विषय भएकोले अहिलेलाई परीक्षा जसरी पनि हुन्छ भनेर बुझौँ । कक्षा ११ को परीक्षा अहिले नै गर्नुपर्छ भन्ने छैन । जहाँसम्म १२ को कुरा हो, यो विद्यालय तह छाड्ने स्तरको परीक्षा भएकोले पनि निर्णय गर्न हतार गरिहाल्न हुँदैन भन्ने मेरो भनाई हो ।

सम्बन्धित खवर

अन्तर्वार्ता

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

4 years पहिले
अन्तर्वार्ता

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ

4 years पहिले
अन्तर्वार्ता

नेकपा जोड्ने चिनियाँ प्रयास असफल

4 years पहिले
अन्तर्वार्ता

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

4 years पहिले
अन्तर्वार्ता

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा छलफल

4 years पहिले
अन्तराष्ट्रिय

महिला हिंसा बारे अन्तर पार्टी महिला संजाल द्वारा धनुषा CDO,SP संग छलफल।

5 years पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech