• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘कक्षा ११ को आत्तिन परेन, १२ को परीक्षा हुन्छ’

२०७७ असार २५, बिहीबार २१:४४
‘कक्षा ११ को आत्तिन परेन, १२ को परीक्षा हुन्छ’

काठमाण्डौ : एसईईको परीक्षा नलिने यसअघि नै सरकारले घोषणा गरिसकेको छ । कक्षा ११, १२ र विश्वविद्यालय तहका परीक्षाबारे भने सरकारले निर्णय गरिसकेको छैन । एसईईको नतिजा परीक्षा नलिईकन आन्तरिक मूल्यांकनका​आधारमा दिईने सरकारको निर्णयले त्योभन्दा माथिल्लो तहमा पनि त्यस्तै मोडल कार्यन्वयनमा ल्याईने पो हो कि भन्ने धेरैको अनुमान छ । कोरोना भाइरसको सङ्क्रमणदर अझै नसकिएकोले कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई आफूहरुको परीक्षा के हुने भन्ने अन्योल छ । यसै विषयमा साथी टेकमान शाक्यले शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग कुराकानी गर्नुभएको छ ।

एसईईको परीक्षाबारेको अन्योल त हट्यो, अब कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका परीक्षाहरु के हुन्छन् ?

कक्षा ११ को विषय अहिले हामीले आत्तिनु पर्दैन । ११ को परीक्षा १० को जस्तो होइन । ११ पास नभए पनि १२ पढ्न पाउने हाम्रो अभ्यास छ । ११ को परीक्षा नभए पनि साउनदेखि या भनौं शैक्षिक सत्र सुरु भएपछि १२ पढ्दै गर्दा हुन्छ। परीक्षा चाहिँ लकडाउन खुल्यो र सहज भयो भने मात्रै लिईन्छ । १२ पढ्दापढ्दै वातावरण अलि सहज भयो भने पनि लिनुपर्ने हुन्छ । १२ को चाहिँ परीक्षा गर्नुपर्ने भएकोले लकडाउनको अवस्था हेरेर हामी निर्णय गर्छौँ । विद्यार्थी स्कुलमा आउन सक्छ भन्ने वातावरण भएपछि हामी त्यसबारे निर्णय गर्छौँ । पहिले त घरबाट परीक्षाकेन्द्रसम्म आउन सक्ने वातावरण बन्नुपर्यो नि हैन ? तपाईंले भनेजस्तै अहिले नै तिथिमिति किटान नै गर्न सकिने अवस्था चाहिँ छैन । लकडाउनको विषय टुँगो नलागेसम्म परीक्षाबारे निर्णय गर्नु कुनै सान्दर्भिक हुन्छ जस्तो मलाई लाग्दैन ।
एसईईबारे पनि तपार्ईले यस्तै भन्नुभएको थियो, परीक्षा नलिने सरकारले घोषणा गर्यो । कक्षा १२ को परीक्षाको मोडालिटीबारे पनि केही छलफल गर्नुभएको छ ?

परीक्षाको मोडालिटीबारे त छलफल छ तर, कक्षा १० र १२ को परीक्षा फरक पाटो हो । १० को परीक्षा कक्षा ११ पढ्नका लागि हो र कक्षा १२ सम्म नै स्कुलस्तरको भनेर मानिएको छ । १२ कक्षाको परीक्षाबारे भने अलि सोच्नुपर्छ,किनभने यो विश्वविद्यालय प्रवेश गर्ने ठाउँ हो । कक्षा १० लाख सोचेजस्तै १२ लाई हेर्नु हुँदैन । हामी केही न केही निर्णय गर्छौँ नै ।

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दो छ, तत्कालै अवस्था सहज हुने सम्भावना पनि देखिंदैन । ठ्याक्कै यही हुन्छ भन्नेबारेको निर्णय तत्काल दिन सक्ने सम्भावना छैन ?

१२ को मात्रै परीक्षा रोकिएको होईन । विश्वविद्यालयका परीक्षाहरु पनि रोकिएका छन् । १२ भनेकोे विद्यालय शिक्षा सकेर विश्वविद्यालय प्रवेश गर्ने अथवा विदेश पढ्न जाने ढोका हो भनेर बुझ्नुपर्छ । विकल्पहरु धेरै आएका छन् ।निर्णय नै नभईकन मन्त्रालयको धारणा यो भनेर अहिले नै भन्न मिल्दैन । विज्ञहरुले पनि १२ लाई १० को जस्तैगरी हेर्न हुँदैन भनेर सुझाव दिईरहेका छन् । त्यसैले अहिले नै यही हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।

कक्षा १२ बाहेक त्यो भन्दा माथिल्लो तहका परीक्षाबारे चाहिँ के हुन्छ ?

त्यसबारे सम्बन्धित विश्वविद्यालयले तयारी गर्दैछन् । विद्यालयस्तरको भन्दा यो परीक्षा अलि फरक हुने गर्छ । त्यसमध्ये पनि कतिपयले डीनको कार्यालयलाई जिम्मा दिएको होला भने कतिपयले परीक्षा नियन्त्रणको कार्यलयको निर्णय कुरेर बसेको हुन सक्छ । वैकल्पिक उपायबारे पनि उहाँहरुले केही न केही छलफल गर्दै हुनुहुन्छ होला ।

प्रवक्ताज्यू, अलि प्रष्ट पारिदिनुपर्यो, परीक्षा हुन्छ की हुँदैन भन्नेमा नै विद्यार्थीहरु अन्योलमा परिरहेका छन् ।

सतप्रतिशतको ग्यारेन्टी त म लिन सक्दिन तर परीक्षा हुन्छ । यो प्राविधिक विषय भएकोले अहिलेलाई परीक्षा जसरी पनि हुन्छ भनेर बुझौँ । कक्षा ११ को परीक्षा अहिले नै गर्नुपर्छ भन्ने छैन । जहाँसम्म १२ को कुरा हो, यो विद्यालय तह छाड्ने स्तरको परीक्षा भएकोले पनि निर्णय गर्न हतार गरिहाल्न हुँदैन भन्ने मेरो भनाई हो ।

सम्बन्धित खवर

अन्तर्वार्ता

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

57 years पहिले
अन्तर्वार्ता

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ

57 years पहिले
अन्तर्वार्ता

नेकपा जोड्ने चिनियाँ प्रयास असफल

57 years पहिले
अन्तर्वार्ता

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

57 years पहिले
अन्तर्वार्ता

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा छलफल

57 years पहिले
अन्तराष्ट्रिय

महिला हिंसा बारे अन्तर पार्टी महिला संजाल द्वारा धनुषा CDO,SP संग छलफल।

57 years पहिले

ताजा समाचार

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech