जनकपुरधाम पुष २४ गते। वैष्णवी वचत तथा ऋण सहकारी संस्था जनकपुरधाम को ११ औ वार्षिक साधारण सभा को सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले सहकारी संस्था को विकास का लागि प्रदेश सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले देश र प्रदेश को आर्थिक समृद्धि र बेरोजगारी समस्या न्यूनीकरण मा सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनुभएको छ।
सो अवसरमा स्वच्छता र जैविक विविधता पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान निरन्तर रुपमा दिइरहेका जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष पर्यावरण योध्दा अम्भु प्रसाद साह, मिथिला वाइल्ड लाइफ ट्रष्ट का अध्यक्ष पर्यावरण योध्दा देवनारायण मंडल, गंगासागर सफाई अभियन्ताहरु मनोज राय, बैधनाथ सिंह, जगदीश साह,२५ वार्ड सफाई अभियन्ता बजरंग यादव, एन्टी प्लाष्टिक मैन कृष्ण चन्द्र साह,दुधमति नदी सफाइ अभियन्ता सुदिप मंडल, वातावरण मैत्री विद्यालय अभियानका संयोजक रामकुमार साह लाई सम्मान गरिएको छ।
संस्थाका कार्यवाहक अध्यक्ष महेश्वर मंडलको अध्यक्ष मा सम्पन्न कार्यक्रममा जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह, समाजसेवी ई विजय मंडल, जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष राम शंकर पासवान, कार्यकारी अधिकृत जयनाथ मंडल सहित का वक्ता हरुले बोल्नु भएको थियो।
























