Advertisement

उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल निर्वाचित

न्युजडेस्क
२०७८ पुष २५, आईतवार १०:५५

गुल्मी । उद्योग बाणिज्य संघ, गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समतिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधिकारी, सहकोषाध्यक्षमा ईश्वरी कंडेल निर्वाचित भएका छन् ।

जिल्लामा व्यपारीहरुको छाता संगठनमा राजनीतिक दल समर्थक व्यापारीहरू विभाजित भएका छन् । गुल्मी उद्योग बाणिज्य संघमा नेकपा एमाले समर्थक व्यापारीलेहरूले भने सहभागिता जनाएका छैनन् ।

जिल्लामा अहिले बाणिज्य संघसँगै चेम्बर अफकमर्स र उद्योग संघ विस्त्ाार भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर