जनकपुरधाम, वैशाख ५ गते। कुशल शैक्षिक जनशक्ति प्रदेशको विकासको मुख्य अधार स्तम्भ रहेको कुरालाई आत्मसात गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नं २ को सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकास निर्माण जारी रहेको छ।
शिक्षा सुधार अभियान अन्तर्गत धनुषा, शहिदनगर नगरपालिका को केन्द्र विन्दु शहिदनगर यदुकुहाको श्री जनता एकाई माध्यमिक विद्यालयमा ३० लाख रुपैयाँको लागतमा भवन निर्माण को कार्य जारी रहेको छ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको परिकल्पना र प्रयासमा विधालयको स्तरउन्नती कार्य भइरहेको छ।
धनुषा जिल्लाको पूर्वी भाग शहिद नगर नगरपालिका को यदुकुहामा २०१६ सालमा स्थापित श्री जनता एकाई माध्यमिक विद्यालयमा आधारभूत देखि माध्यमिक तह सम्म १४ सय बालबालिकाहरुले नियमित अध्ययन गरिरहेका कुरा विधालय का प्राधानाध्यापक रामनारायण ठाकुर ले जानकारी दिए का छन्।
सो विद्यालय मा यदुकुहा,गोठकोहा,ननुपटी, बासुदेव पटी, पछहर्वा, हठिपुर,हडबाडा,हौवाही,केउटानीका वालवालिकाहरु अध्ययन गरिरहेका छन्।
























