Advertisement

रेमिटेन्स र आयात होइन स्वदेशी उत्पादन र निर्यातमा जोड दिनुपर्छ: अर्थ मन्त्री साह

न्युजडेस्क
२०७८ पुष ४, आईतवार ०९:४४

जनकपुरधाम : जनकपुरधाम उप- महानगरपालिका  आयोजनामा  २१ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रमुख अतिथि प्रदेश २ का प्रवक्ता  एवंम् अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले रेमिटेन्स र आयात होइन स्वदेशी उत्पादन र निर्यातमा जोड दिने निती प्रदेश सरकाले लिएको  मन्त्री साहले बताउनु भयो ।

मन्त्री शैलेन्द्र साहले भन्नु भयो स्वदेशमै रोजगार अवसर सिर्जना गर्नुपर्छ । लाखों युवाहरु वाध्य भएर रोजगारी तथा जिवोपार्जनको लागी विदेशीने क्रम रोकन आफनै मुलुकमा रोजगारी सिर्जना गर्नु पर्ने बताउनु भयो ।

नेपालको अर्थतन्त्रमा रेमिटेन्स अक्सिजनको कार्य गरिरहेको छ।

प्रदेश सरकारले यस वर्ष यूवा स्वरोजगार को माध्यम ले युवाहरुलाई सिप र रोजगारको सिर्जना गर्ने कुरा बताउनु भएको छ। कोभिड बाट रोजगारी गुमाएमा युवाहरुलाई रोजगारी सिर्जना गर्ने सरकारले कार्य प्रारम्भ थाली सकेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर