Advertisement
☰

नेपालमा कोरोनाबाट दैनिक औसत आठ जनाको ज्यान जाँदै

न्युजडेस्क
२०७७ आश्विन १७, शनिबार १९:१३

द प्रदेश टाइम्स / काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट दैनिक औसतमा आठ जनाको ज्यान जान थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असोज महिनाको तथ्याङ्क हेर्दा औसतमा दैनिक ८ जनाको ज्यान गएकाे पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

भदौ ३१ गतेसम्म कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो । आज यो संख्या बढेर पाँच सय २८ पुगेको छ । पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । 

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी रहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले ६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गर्नुभयो । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर