Advertisement
☰

अचम्मै थापाथलीमा एक महिलाले ५ शिशु जन्माइन्, १ को मृत्यु, चार जीवित

न्युजडेस्क
२०७७ आश्विन १९, सोमबार १८:१०

द प्रदेश टाइम्स / थापाथली थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् ।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिएका छन् ।

पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको डा. सुवेदीको भनाइ छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर