Advertisement

कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

न्युजडेस्क
२०७८ पुष १९, सोमबार ११:५७

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज साेमबार बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनाेनयन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर