
मधेस प्रदेश सरकारले फाल्गुन १ गते प्रदेशभरिमा जनयुद्धको अबसरमा सार्वजनिक बिदा दिएका थिए ।
नेकपा माओवादी केन्द्रद्वारा त्यहीँ अबसरमा जनयुद्धकालमा सहिद तथा बेपत्ता भएका योद्धाहरुको सम्मान कार्यक्रममा जनकपुरधाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा जनयुद्धका पुर्वयोद्धा सम्मान गरेको थिए । जनता समाजबादी पार्टीका हंसपुर नगरपालिका-६ सोनिगामाका पार्टी अध्यक्ष रामवृक्ष ठाकुर तथा माओवादी जनयुद्धका पुर्वयोद्धा समेत रहेका ठाकुरलाई अध्यक्ष प्रचण्डले जनयुद्धकालका योद्धाहरुको हैसियतले सम्मान गरेको थियो ।
तर, हंसपुर नगरपालिका माओबादी केन्द्रकै नेताहरुले जसपा वडाअध्यक्ष ठाकुरले माओवादी केन्द्रमा नै प्रवेश गरेको निराधार र झुठो खबर रहेको अध्यक्ष ठाकुरले बताएका छन् ।
उहाँले भने, माओवादीका नेताहरुले कसैलाई चरित्र हत्या गर्ने उदेश्यले पार्टी प्रवेश गरेको खबर एकदमै नै निराधार रहेको म अहिले जसपामा छु, भने अडियो र भिडियो समेत नै सार्वजनिक गरेको छु ।
प्रतिक्रिया दिनुहोस्