Advertisement

१२० जना भन्दा बढी सुकुमबासी पक्राउ 

न्युजडेस्क
२०७९ असार ३०, बिहीबार १६:०६


जनकपुरधाम, असार ३० गते । सुकुम्बासीहरुले विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना भन्दा बढी पक्राउ परेको छ।

चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको भन्दै बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउदै हिडेका १२० जना बढीलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर