• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

४ वर्ष अघि गरेका अन्तरजातिय प्रेम विवाह रोहिणी लाई पतिले गरे अस्विकार

२०७८ आश्विन ६, बुधबार ०७:५५

राजविराज । चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया रोहिणी (परिवर्तित नाम) लाई पतिले अपनाउन अस्विकार गरेपछि अहिले घर न घाटकी भएकी छिन् ।

रोहिणीले अभिभावकको सहमति बिना सोही गाउँपालिका ३ का २४ वर्षीय सानु चौधरी सँग २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेको बताएकी रोहिणी पतिले पत्नीको रुपमा अपनाउन अस्विकार गरेपछि अलपत्र परेकी हुन् ।

उनी प्रेम विवाह गरेको भोली पल्टैदेखि राजविराज ७ स्थित भाडाको घरमा एक्लै बस्दै आएकी छिन् । पति चौधरीले घरमा स्थिति सहज भएपछि लाने भन्दै तत्काल यही घरमा बस्न लगाएको उनले सुनाइन् । केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् । जीवनयापन कष्टकर भएपछि स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो खर्च टारिरहेकी छिन् । पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको पीडा उनले सुनाइन् । “ दबाब र धम्की दिएर पटक पटक गर्भ तुहाउन लगाए, उनले भनिन, “तर पनि पत्नीको दर्जा पाउन नसक्दा बिल्लीबाठ भएको छ ।” उनी न्यायका लागि लामो समयदेखि प्रहरी र अदालत धाईरहेकी छिन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी गुहार्न पुगेकी उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । “मलाई यो अवस्थामा पु¥याउने चौधरीलाई कारवाही हुनुपर्छ, उनको एउटै माग छ । चौधरी र उनका आफन्तले “१० लाख रुपैयाँ लेऊ, अर्को केटासँग विहे गरिलेऊ भन्दै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको उनको भनाई छ ।

रोहिणीले भने मेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् रोहिणीले भनिन् । केही सीप नलागेपछि प्रहरीले जबर जस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले “सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै विहे गराईदिन्छु भन्दै एउटा कागजमा हस्ताक्षर गराएको रोहिणीको भनाई छ । “सप्तरी जिल्ला अदालतको आदेशले २०७८ बैशाख ३ गते सानु २ लाख धरौटी बुझाएर रिहा भएका छन्, रोहिणीले भनिन्, फेरी पनि सोनु र उनका आफन्तले बोली फेरे र मलाई स्वीकार गर्न तयार भएनन् ।” “घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माइती गयो भने “तैले आफ्नो मर्जीले विवाह गरेको भन्छन्, अब कहाँ जाने, रोहिणीले दुखेसो पोखिन् । पति सानु पहुँचवाला भएको र पावर लगाएर म माथि एकपछि अर्को पीडा थपिदै गएको उनको दुखेसो छ ।

यता सानुले रोहिणीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिले नभएको दाबी गरेका छन् । “रोहिणीद्वारा लगाइएका सबै आरोप बनावटी र सरासर गलत हुन्, सानुले भने “मलाई बदनाम गर्ने र फसाउने नियतले मात्र त्यस्ता झुठा आरोप लगाएकी हुन् ।” उनले रोहिणीसँग आफूले विवाह नगरेको दाबी पनि गरे । उनले २०७७ फागुन २१ गते रोहिणीले जबरजस्तीकरणी ग¥यो भनेर प्रहरीमा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् । प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विषयको संवेदनशिलता र गम्भिरता बुझि दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताए । उनले छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबर जस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिए ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech